अल्मलिएर एमालेमा बस्नेहरु ढिलो चाँडो नेकपा (एस)मा आउनेः माधव नेपाल

अल्मलिएर एमालेमा बस्नेहरु ढिलो चाँडो नेकपा (एस)मा आउनेः माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भ्रमका कारण एमालेमा रहेका नेता, कार्यकर्ताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताएका छन् ।

शुक्रवार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले कतिपय मानिसहरु अल्मल्लिएर एमालेमै बसेको भन्दै असल भावना भएका मानिसहरु ढिलो चाँडो एकीकृत समाजवादीमा आउने बताएका हुन् । 

उनले विगतमा एमालेभित्र बनेका समानान्तर कमिटीहरु समाजवादीमा रुपान्तरित भइरहेको भन्दै आफ्नो पार्टी नितान्त नयाँ नभएको उल्लेख गरे । पार्टीको ७७ वटै जिल्लामा संगठन बनिरहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष नेपालले व्यवसायीहरुलाई राष्ट्रिय अर्थतन्त्रको विकासमा सहयोगका लागि व्यवसायीहरुलाई जलविद्युत, पर्यटन, कृषि लगायतका क्षेत्रमा लगानी गरी राष्ट्र निर्माणमा योगदान पुर्याउन आग्रह गरे ।

  

Logo