हिजोभन्दा आज एमाले कार्यकर्तामा उत्साह बढी छः संसद् खतिवडा

हिजोभन्दा आज एमाले कार्यकर्तामा उत्साह बढी छः संसद् खतिवडा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता घनश्याम खतिवडाले कार्यकतामा एमालेप्रतिको उत्साह हिजोभन्दा आज झन बढ्दै गएको बताएका छन्।

संसद् बन्द रहेको अवस्थामा मोरङको आफ्नो निर्वाचन क्षेत्र पुगेका उनले एमालेप्रतिको विश्वास झनै बढेको दाबी गरे।

मोरङ क्षेत्र नम्बर  १ बाट निर्वाचित सांसद खतिवडाले स्थानीयबासीको भनाई उद्धृत गर्दै लामो समयदेखिको पार्टीभित्रको विवादले एमाले रोगिएको र माधव नेपाल लगायतका विकारहरू हटेपछि पार्टी निरोगी बनेको भन्दै खुशी मानेको बताए।

कार्यकर्ताहरू यसअघिको भन्दा बढी सक्रिय भएर पार्टी निर्माणमा सक्रिय भएर लागिरहेको पनि उनले जनाए।

क्षेत्र भ्रमणकै क्रममा उनी मिक्लाजुङमा पुल उद्घाटन, एघार आवास गृह हस्तान्तरण लगायत प्रशिक्षण कार्यक्रममा सरिक भएका थिए।

उनले एमालेबाट माधव नेपाल लगायत एक हुल समूह पार्टीबाट अलग्गिए पनि स्थानीय तहमा त्यसको केही असर नपरेको पनि केन्द्रबिन्दुलाई बताए।

खतिवडाले भने,‘जनता कटिबद्ध भएर एमालेमा बसेका छन्, अलि–अलि नेतृत्वमा भएका मानिसहरूमा दुविधा पलाएको जस्तो देखिन्छ । निर्वाचन क्षेत्रमा संघ प्रदेश र स्थानीय तहमा गरी ५ प्रतिशतभन्दा कमले नेकपा एमाले छोडेका पाइयो।’

Logo