जबजको सारभूत विचारलाई पक्रदै समाजवादको यात्रामा जाने नेकपा एसको निर्णय

जबजको सारभूत विचारलाई पक्रदै समाजवादको यात्रामा जाने नेकपा एसको निर्णय

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ । 

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष नेपालले गएको मंगलबार केन्द्रिय समिति बैठकमा  राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

बुधबार भने पाँचवटा समूह बनाइ समूहगत छलफलको निष्कर्ष समूह नेताले सुझावसहित प्रस्तुत गरेको र सो प्रतिवेदन महत्वपूर्ण सुझावहरुलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

समूह नं. १ बाट रामकुमार झाँक्री, समूह नं. २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समुहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उनले संचारकर्मीहरूलाई जानकारी दिए।

त्यस्तै बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई पक्रदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताएको नेपालको भनाई उदृत गर्दै खतिवडाले जानकारी दिए।

अध्यक्ष नेपालले आफूहरु तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको बताउनु भयो, खतिवडाले भने।

बैठकले समाजवाद नामक् पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । 

त्यस्तै नेताहरुमार्फत् पार्टीको चुनाव चिन्हको सन्दर्भमा विभिन्न सुझावहरु आएको भन्दै पार्टीको चुनाव चिन्ह निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिए।

पार्टी केन्द्रीय कमिटी बैठक भोलि बिहीवार बिहान ११ बजे पनि बस्ते र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुको अन्तिम टुंगो लगाइने पनि बताए।
 

Logo