एकीकृत समाजवादीको महासचिव झाँक्रीको पनि प्रवल सम्भावना

एकीकृत समाजवादीको महासचिव झाँक्रीको पनि प्रवल सम्भावना

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको पहिलो महासचिव चयन गर्ने भएको छ । आजको केन्द्रीय कमिटी बैठक स्थगित भएसँगै भोलि बस्ने बैठकले महासचिव चयन गर्ने एकीकृत समाजवादीकी सांसद निरा जैरुले केन्द्रविन्दुलाई जानकारी दिइन् । 

सांसद जैरुका अनुसार महासचिवमा बेदुराम भुषाल, विजय पौडेल, प्रकाश ज्वालाको सम्भावना उच्च रहेको छ । 

त्यस्तै महिला तर्फबाट महासचिव चयन गर्नुपर्ने अवस्था आएमा रामकुमारी झाँक्रीको समेत प्रवल सम्भावना रहेको छ ।

आज नयाँ बानेश्वरमा सम्पन्न भएको केन्द्रीय कमिटी बैठकमा महासचिव चयनलगायत विषयमा छलफल भएको सांसद जैरुले जानकारी दिइन् । 

यससँगै बिहीबार बिहान ११ बस्ने केन्द्रीय कमिटीको बैठकले केन्द्रीय कमिटी विस्तारका साथै जिम्मेवारी बाँडफाँडलगायत विषयमा छलफल हुने उनले बताइन् ।

Logo