ओलीको कटाक्षमा नेपाल पक्षको जवाफ: कुहिएको पातबाटै नयाँ सिर्जना हुन्छ

ओलीको कटाक्षमा नेपाल पक्षको जवाफ: कुहिएको पातबाटै नयाँ सिर्जना हुन्छ

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिमा माधव नेपाल निकट एक नेतृले आफ्नो तर्क प्रस्तुत गरेकी छिन् ।

बुधवार बर्दियामा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल पक्षहरूलाई ‘कुहिएका पात’को संज्ञा दिँदै पार्टी फुटेको नभई पात झरेको बताएका थिए । 

नेपाल निकट सांसद निरा जैरुले झरेको पातबाट नयाँ सिर्जना हुने तर बूढो रुखलाई सबैले बञ्चरो प्रहार गर्ने बताएकी छिन् । “पात कुहिएर झर्यो भने माटो मलिलो हुन्छ, नयाँ बिरुवा पलाउँछ, नयाँ सिर्जना हुन्छ । तर कुनै रुखमा आधा घाउ लाग्छ, रुख बूढो हुन्छ, त्यसलाई त आगो लगाउँछन्, बन्चरो प्रहार गर्छन्, जरा नै उखेल्छन् ।” उनले केन्द्रविन्दुसँग भनिन् “उहाँको भनाइमा हामीलाई कुनै चित्त दुखाइ छैन । हामी त नयाँ सिर्जना गर्नेमा पर्यौ खुसी नै छौ ।”

उनले थपिन् “माधव नेपालले अहिले मुरी फलाउने बेला हो । अब कुहिएको पातमा राम्रो बिऊ प¥यो भने भविष्यमा हजारौँ मुरी समाजवादका रुखहरू खडा हुनेछन् । भोलिको महासचिव छान्ने काम भनेको राम्रो बिऊ रोप्ने दिन हो । हाम्रो भविष्य उज्ज्वल छ ।”

Logo