भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछः प्रचण्ड

भोलिसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउँछः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारसम्ममा मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन्।

बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाई भएको मन्त्रिपरिषदलाई पूर्णता दिने काम बिहीबारसम्म भइसक्ने बताए।

अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै प्रवक्ता कृष्णबहादुर महराले भने,‘बिहीबारसम्म मन्त्रीपरिषदलाई पूर्णता दिई सकिने छ।’

बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ । 

प्रवासको कामलाई व्यवस्थित बनाउन भारतसहित विभिन्न ६ वटा उपक्षेत्रको कामलाई सहज ढंगले अघि बढाउने गरी बैठकले प्रवास निर्देशिका पनि पारित गरेको प्रवक्ता महराले जानकारी दिए।

माओवादी केन्द्रले पार्टीको केन्द्रिय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

पौडेल यस अघि पनि सो पार्टी केन्द्रिय कार्यालयको सचिवको जिम्मेवारीमा रहेका थिए।

Logo