हाल ६३ जिल्लामा मात्र कांग्रेसको स्थानीय तहको अधिवेशनः प्रवक्ता शर्मा

हाल ६३ जिल्लामा मात्र कांग्रेसको स्थानीय तहको अधिवेशनः प्रवक्ता शर्मा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको केन्द्रिय पदाधिकारी बैठकले वडा अधिवेशन सकिएका ६३ जिल्लाहरूमा आगामी असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने  निर्णय गरेको छ । 

बुधवार सम्पन्न पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

यसअघि असोज ५ गते नै ७६ वटै जिल्लाको वडा अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले क्रियाशील सदस्यता विवादको टुंगो लगाउन नसक्दा अझै १३ वटा  जिल्लाहरूमा अधिवेशन सम्पन्न गर्न सकेको छैन । 

प्रवक्ता शर्माका अनुसार अब कार्यतालिका अनुसार ७५३ वटै स्थानीय तहको अधिवेशन एकै दिन सम्पन्न नहुने भएको छ ।
 

Logo