राप्रपा जिल्ला कार्य समिति पाँचथरद्वारा अधिवेशन तालिका सार्वजनिक

राप्रपा जिल्ला कार्य समिति पाँचथरद्वारा अधिवेशन तालिका सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

आम कार्यकर्ताको समर्थन र सुझाव अनुकूल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति पाँचथरले अधिवेशन तालिका सार्वजनिक गरेको छ।

राप्रपा पाँचथरले सार्वजनिक गरेको अधिवेशन तालिका अनुसार असोज ५ देखि १५ गतेसम्म वडा, गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने तय गरिएको छ। यसैगरी असोज १८ गतेसम्म प्रदेश सभा र असोज २० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको छ।

कार्यकर्तापंक्तिको चाहना र पार्टी एकताको लक्ष्य बमोजिम अधिवेशन कार्यक्रम असोज ५ गतेबाट सुचारु भएको राप्रपा पाँचथरका सहअध्यक्ष राजकुमार जोशीले भने।

यसअघि जगत थापा समूहले एकांकीरुपमा तय गरेको अवैध अधिवेशन सच्याउन चुनावी कार्यक्रम जारी गरेको सहअध्यक्ष जोशीले राप्रपा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाटको क्रममा स्पष्ट पारे। पार्टीको हित र सकारात्मक विकासप्रति प्रतिवद्ध कार्यकर्ताको सुझाव मध्यनजर गरेर अधिवेशन तालिका आएको उनको भनाइ थियो।

‘विधिवत चुनावी प्रक्रियालाई अवरोध गर्ने गलत कार्यले आम कार्यकर्तापंक्तिलाई चिन्तित तुल्याएको छ। यसमा पराजित मानसिकता प्रतिविम्बित भएको स्पष्ट छ। प्रजातान्त्रिक प्रक्रिया र नतिजाबाट भाग्ने काम मनासिव छैन,’ कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भने।

‘पारस्परिक परामर्श र समन्वयमा पार्टी संगठन सुढृद गर्नु भन्ने पार्टी केन्द्रको निर्देशन छ। तथापि पार्टी नेतृत्वको नीति निर्देशन विपरीत, महाधिवेशन निर्देशिका उल्लंघन गर्दै यहाँ स्वेच्छाचारी प्रवृत्ति प्रदर्शन गरिएको छ,’ केन्द्रीय सदस्य मानदेव केरुङले भने।

‘यस्तो अवैधानिक कामबाट पार्टीको छवी धुमिल हुने अवस्था छ । यस विषयमा पार्टी केन्द्र गम्भीर हुनुपर्छ,’ उनले भने। महाधिवेशनबाट प्राप्त उर्जाबाट राप्रपाले फड्को मार्ने राप्रपा पाँचथरले जनाएको छ।

यसैबीच जिल्ला सदस्यहरू सचिन जबेगु र रिता शेर्मा आङदेङवेले विज्ञप्ति जारी गर्दै निर्वाचन समिति र कार्यतालिका विषयमा असोज ४ गते भएको एकलौटी निर्णयप्रति असहमति जनाएका छन् ।

Logo