एकीकृत समाजवादीको महासचिवमा भुसाल

एकीकृत समाजवादीको महासचिवमा भुसाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) पार्टीको महासचिवमा बेदुराम भुसाल चयन हुने भएका छन् । पार्टीको बिहीबार बसेको सचिवालय बैठकले भुसाललाई पार्टीको महासचिव पदमा चयन गर्न सहमति जुटेको एकीकृत समाजवादीकी केन्द्रिय समिति सदस्य निरा जैरुले जानकारी दिइन् ।

“महासचिवमा बेदुराम भुसाल, विजय पौडेल,राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र महिला तर्फबाट रामकुमारी झाँक्री दाबेदारी रहेको थियो ।” केन्द्रविन्दुसँगको कुराकानीमा जैरुले भनिन् “सचिवालयबाट  एक किसिमको सहमति जुटेको छ । सोही प्रस्ताव आजको केन्द्रीय कमिटी बैठकमा पेस हुन्छ र महासचिव घोषणा हुन्छ ।”

त्यस्तै पार्टीको उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमालको नाम सहमतिमा जुटेको छ । यससँगै पार्टीको उपाध्यक्षमा चार जना रहने भएका छन् ।

गत मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक आज सकिँदैछ ।

Logo