एकीकृत समाजवादीको टिम टुंगो लाग्दै, वरिष्ठ नेतामा खनाल, सचिवमा झाँक्रीसहित चार जना

एकीकृत समाजवादीको टिम टुंगो लाग्दै, वरिष्ठ नेतामा खनाल, सचिवमा झाँक्रीसहित चार जना

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) पार्टीको वरिष्ठ नेतामा झलनाथ खनाल चयन भएका छन् । 

यसैगरी सचिवमा रामकुमारी झाँक्रीसहित चार जना चयन भएका छन् । 

पार्टीको बिहीबार बसेको सचिवालय बैठकले झाँक्रीसहित जगन्नाथ खतिवडा, नागेन्द्र चौधरीलाई सचिवमा चयन गर्ने सहमति गरेको हो । त्यस्तै, राजेन्द्र राईको नाम पनि सचिवमा आएको छ ।

त्यस्तै पार्टीको उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र डा विजय पौडेल चयन भएका छन्। 

यससँगै  समाजवादीको महासचिवमा बेदुराम भुसाल, उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई, प्रमेश हमालको नाम सहमतिमा जुटेको छ । केशवलाल श्रेष्ठ तथा घनेन्द्र बस्नेत पनि उपाध्यक्ष भएका छन् । यसअघि श्रेष्ठको नाम सचिवमा थियो । 

गत मंगलबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठक आज सकिँदै छ । सोही बैठकले चयन भएका सबै पदाधिकारीको जिम्मेवारी घोषणा गर्ने पार्टीकी केन्द्रीय कमिटी सदस्य निरा जैरुले जानकारी दिइन् । केन्द्रिय पदाधिकारीमा अझै पनि जिम्मेवारी हेरफेर हुने देखिन्छ । 
 

Logo