एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा ३०१, स्थायी कमिटीमा ३५ सदस्य

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा ३०१, स्थायी कमिटीमा ३५ सदस्य

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी)  ले केन्द्रिय पदाधिकारी चयन गरेको छ । 

आज बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी चयन गरेको पार्टीका केन्द्रीय कमिटी सदस्य जगनाथ खतिवडाले जानकारी दिएका छन् । 

खतिवडाका अनुसार उक्त बैठकले पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । जसमा पूर्ण र वैकल्पिक दुवै किसिमका सदस्यहरू रहने उनले बताए ।

त्यस्तै पार्टीको पोलिटब्युरोमा ७१ सदस्य रहने छन् भने स्थायी कमिटीमा ३५ सदस्य रहने छन् ।

पार्टीको केन्द्रीय कमिटी बाहेकका सम्पूर्ण कमिटीमा २ उपाध्यक्ष रहने छन् ।
 

Logo