एमालेको अवरोधका बीच संसद् जारी, आर्थिक विधेयक २०७८ बहुमतले पारित

एमालेको अवरोधका बीच संसद् जारी, आर्थिक विधेयक २०७८ बहुमतले पारित

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिस्ट पार्टी एमालेले आज पनि संसद्मा अवरोध सृजना गरेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक प्रारम्भ गर्न नपाउँदै एमालेका सांसदहरूले वेल घेरेका छन्।

सभामुख सापकोटाले संसद्को गरिमा जोगाउन भएपनि बैठकमा भाग लिन अनुरोध गरेका थिए । तर, संसदहरूले यस अघिको जस्तै नारा लगाउन थाले।

उनीहरूले नारामा संसदीय मर्यादा कायम गर, सभामुखले पार्टी फुटाउन पाईदैन भन्दै नारा लगाएका थिए।

सभामुख सापकोटाले भने एमाले सांसदहरूलाई आज पनि प्रतिनिधिसभा नियमावली २०७५को नियम २१ को खण्ड ख, ग र घ को प्रावधान पालना गर्न सूचित गरेका थिए।

तर, एमालेका सांसदहरूले नारा लगाउन छाडेनन्। जुन नियममा सभामुखलाई गाली गर्न पाईदैन भनिएको छ।

तथापि सभामुख सापकोटाले यस अघिको जस्तै बैठकलाई जवर्जस्ती सञ्चालन गर्न थाले ।

यसैबीच आर्थिक विधेयक २०७८ बहुमतले पारित भएको छ । 

 

 

Logo