राष्ट्रिय सभा सदस्य कोमल वलीद्वारा सभामुख सापकोटाको राजीनामा माग

राष्ट्रिय सभा सदस्य कोमल वलीद्वारा सभामुख सापकोटाको राजीनामा माग

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य कोमल वलीले प्रतिनिधि सभाको कमजोरीका कारण धेरै नकारात्मक प्रतिक्रिया उत्पन्न हुने बताइन्।

बिहीवार राष्ट्रिय सभामा बोल्दै सांसद वलीले त्यो परिणामलाई रोक्नको लागि सभामुख इमान्दार हुनुपर्ने बताएकी छिन्। उनले सभामुखले सभामुखको कुर्सीको महत्व राख्न नसक्दा र नियम पालना गर्न नसक्दा राष्ट्रिय सभामा त्यसको असर परेको र विभाजन भएको बताइन् । उनले सभामुखले प्रतिनिधि सभालाई विरामी बनाएको आरोपसमेत लगाइन्। उनले प्रतिनिधि सभाबाट सभामुखले राजीनामा दिनुपर्ने बताइन्।

सांसद वलीले भनिन्, ‘कुनै पनि व्यक्तिलाई चिनी रोग भयो भने, र त्यसलाई समयमै नियन्त्रण गरिएन भने त्यसका कारण धेरै रोगहरु उत्पन्न हुन्छन्, धेरै रोगहरु जन्मन्छन्, जसरी एउटा छालाबाट ज्याकेट बन्छ, ब्याग, बेल्ट, जुत्ता बन्छ, त्यसरी नै प्रतिनिधिसभाको कमजोरीका कारणले अन्य धेरै रियाक्सनहरु उत्पन्न हुन सक्छन्, त्यो रियाक्सन रोक्न र त्योबाट उत्पन्न हुने खतरा रोक्नका लागि सभामुख इमान्दार हुनुपर्छ, सभामुख ज्यूले त्यो कुर्सीको महत्व राख्न सक्नु पर्छ, महत्व राख्न नसक्नुका कारण, नियम पालना नगर्नुका कारणले गर्दा राष्ट्रियसभामा त्यसको असर पर्यो र विभाजन हुनपुग्यो, अहिले प्रतिनिधिसभालाई सभामुख ज्यूले बिरामी बनाउनु भएको छ, सभामुख ज्यूकै कारणले यो रोग बढ्दै गयो भने सिटामोल, इन्जेक्शन, एन्टीबायोटिकले पनि भ्याउँदैन र अप्रेशन नै गर्नुपर्छ।’

सांसद वलीले राष्ट्रियसभा र प्रतिनिधिसभा एकअर्काका परिपूरक भएको भन्दै राष्ट्रिय सभाको कारबाही अघि बढ्न नसक्ने बताइन्। 

Logo