प्रतिनिधिसभाबाट दुई विधेयक पारित, सरकारलाई खर्च गर्न र ऋण उठाउन बाटो खुला

प्रतिनिधिसभाबाट दुई विधेयक पारित, सरकारलाई खर्च गर्न र ऋण उठाउन बाटो खुला

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित भएको छ ।

जसअन्तरगत आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक रहेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकले अर्थमन्त्री जनार्दन शर्माले टेवुल गराएका आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतले पारित भएको हो । 

अब सरकारलाई बजेट खर्च गर्न र ऋण उठाउन बाटो खुलेको छ । बिहीबार बैठक सुरु हुनेवित्तिकै सदाझैं एमाले सांसदहरु संसद्को वेल घेरेर नाराबाजी गरेका थिए । 

तर सभामुख अग्निप्रसाद सापकोटाले संसद्को कारबाही अघि बढाएका थिए ।

विधेयक पारित भएपछि प्रतिनिधिसभाको बैठक असोज ११ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

 

 

Logo