सांसद मुकुन्द न्यौपानेको प्रतिनिधि सभाभित्रै अमर्यादित हर्कत

सांसद मुकुन्द न्यौपानेको प्रतिनिधि सभाभित्रै अमर्यादित हर्कत

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभाको बिहिबारको बैठकमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मुकुन्द न्यौपानेले संसदीय मर्यादा विपरित हर्कत देखाएका छन्। 

उनले प्रतिनिधि सभाको बैठक कक्षबाट बैठक चलिरहेकै बेला एक मिनेट २८ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा सार्वजानिक गरिदिए। भिडियोमा नेकपा एमालेका सांसद्हरूले संसद् अवरुद्ध गरिरहेको देख्न सकिन्छ।

आचार संहिताको ख्याल नगरी उनले ‘काग कराउँदै छ पिना सुक्तैछ’ नाम दिएर उक्त भिडियो सार्वजनिक गरेका थिए ।

यसरी संसद् बैठक बैठक चलिरहेको बेला सांसदहरूले भिडियो सार्वजानिक गर्न पाईन्छ ? भन्ने प्रश्नमा संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘यसरी सांसदहरूले  भिडियो खिच्न वा सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गर्न पाइँदैन।’

पाण्डेले भने,‘मलाई जहाँसम्म लाग्छ, सांसदहरूले सामाजिक सञ्जालमा यसरी फोटो भिडियो हाल्न पाईदैन बैठकको। संसद्लाई मर्यादित बनाउने जिम्मेवारी उहाँहरूकै दायित्वभित्र पर्ने कुरा हो। सभामुखले बारम्बार ध्यानाकर्षण गराउने कुरा पनि त्यही हो संसद् मर्यादित बनोस् भन्ने कुरा नै हो। यो सबै उहाँहरूको आचार संहित भित्र पर्ने कुराहरू हुन्। अब यो समिक्षाको विषय हुन्छ।’

यता नेकपा एमालेका संसद्हरूले पनि संसदीय आचार संहिता विपरित नाराबाजी लगाई रहेका छन्।

एमालेले गएको २३ भदौदेखि नियमित संसद्मा अवरोध सृजनागर्दै आएको छ । बैठकमा सभामुखविरुद्ध ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखले पार्टी फुटाउन पाईदैन’ भन्दै नारा लगाइरहेका छन्। जुन प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ को खण्ड ख, ग र घ को प्रावधान विपरित हो।

Logo