एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छः बादल

एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छः बादल

केन्द्रबिन्दु
0
Shares

पूर्वगृहमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य रामबहादुर थापाले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन् । 

प्रेस चौतारीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिए ।

नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए । 

“स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो”, उनले भने । राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोपसमेत लगाए । रासस

Logo