दल विभाजनसम्बन्धी अध्यादेश विरुद्धको मुद्दाः विपक्षीसँग लिखित जवाफ माग

दल विभाजनसम्बन्धी अध्यादेश विरुद्धको मुद्दाः विपक्षीसँग लिखित जवाफ माग

केन्द्रबिन्दु
0
Shares

दल विभाजनसम्बन्धी अध्यादेश विरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । 

शुक्रवार बसेको संवैधानिक इजलासले उक्त रिटमा कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना आधिकारी किशोर पौडेलले जानकारी दिए । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा सहितको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको पौडेलले बताए । 

“तत्काललाई अन्तरिम आदेश दिन अस्वीकार भएको छ ।” केन्द्रविन्दुसँग कुरा गर्दै उनले भने “विपक्षीसँग लिखित जवाफ मागेको छ । अब अन्तरिम आदेश दिने–नदिने भन्ने छलफलका लागि दुवै पक्षलाई झिकाउँदै कारण देखाऊ आदेश जारी भएको हो ।”

यसअघि अधिवक्ता श्रीकान्त बरालले मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालय, निर्वाचन आयोग र प्रतिनिधिसभाका सभामुखलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
 

Logo