एमाले बैठकः प्रतिवेदन प्रस्तावमाथि छलफल गर्न १० समूह निर्माण

एमाले बैठकः प्रतिवेदन प्रस्तावमाथि छलफल गर्न १० समूह निर्माण

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न १० वटा समूह निर्माण गरेको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको हो ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह बनाएको हो ।

समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझाव केन्द्रीय कमिटी बैठकमा पेश गरिने एमालेका स्थायी कमिटि सदस्या योगेश भट्टराईले बताए । 

आज भएको बैठकमा केन्द्रीय सदस्यहरुलाई अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन मस्यौदा प्रस्ताव पेश गरेका थिए।

‘केन्द्रीय सदस्यहरुले अध्ययन गरेर समूहमा आफ्नो सुझाव राख्नेछन् र टोली नेताले केन्द्रीय कमिटी बैठकमा संकलित सुझाव पेश गर्नेछन्,’ भट्टराईले भने । समूहगत छलफलपछि शनिबार दिउँसो एक बजेबाट केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गरिने भएको छ ।

१५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन मस्यौदामाथि स्थायी कमिटीमा यसअघि नै छलफल भइसकेको छ । 

अब केन्द्रीय सदस्यहरुको समेत सुझाव आएपछि स्थायी कमिटी बैठकले प्रतिवेदन टुंगो लगाउनेछ ।

एमालेको विधान महाधिवेशन भने आगामी असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुँदैछ ।
 

Logo