कांग्रेस महाधिवेशन : थप ५ जिल्लाको क्रियाशील विवाद समाधान

कांग्रेस महाधिवेशन : थप ५ जिल्लाको क्रियाशील विवाद समाधान

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ महाधिवेशनका क्रममा क्रियाशील सदस्यता विवाद रहेका १३ जिल्ला मध्य ५ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान भएको छ  ।

कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार क्रियाशील सदस्यदाता विवाद कायम रहेका १३ जिल्ला माध्य सिरहा, महोत्तरी, बाँके, डोल्पा र सुर्खेतको विवाद समाधान भएको हो ।  यादवले अब बाँकी रहेका ८ जिल्लामा पनि चाँडै नै क्रियाशील सदस्यताको नामावली सार्वजनिक हुने बताएका छन् ।

यससँगै अब अब क्रियाशील सदस्यता विवाद कायम रहेका जिल्लाहरूमा पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, सप्तरी, कैलाली र रसुवा रहेका छन् । 

Logo