वर्षाका कारण क्षति भएका सडकको तत्काल निर्माण सम्पन्न गर्न निर्देशन

वर्षाका कारण क्षति भएका सडकको तत्काल निर्माण सम्पन्न गर्न निर्देशन

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपालीहरुको दसैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । 

आईतबार सिंहदरवारमा बसेको समितिको बैठकले  वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणको कामलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । 

बैठकमा समितिकी सभापति कल्याणीकुमारी खड्काका अनुसारे बैठकले कोरोना महामारीलाई मध्यनजर गर्दै सवारीसाधनमा सिट क्षमताअनुसार यात्रु राख्न, स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न, लामो दूरीमा चल्ने यात्रुहरुको भाडादर देखिने ठाउँमा टाँस्न, भौतिक रुपमा लामवद्ध भएर टिकट काट्ने व्यवस्था हटाइ अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था गर्न निर्देशन दिएको छ । 

सभापति खड्काले सम्बन्धित मन्त्रालय अन्तर्गतका निर्माणाधीन अवस्थामा रहेका सडक, वैकल्पिक सडक, तथा पूर्वाधार विकासका कामहरु आवश्यक श्रोतकोष सुनिश्चित गरी समयमै सम्पन्न गर्न यातायात मन्त्रालयलाई निर्देशन दिएको बताईन्।

 

 

Logo