गठबन्धन सरकारले असंवैधानिक हर्कत नसच्याए संवाद र सहकार्य असम्भवः ओली

गठबन्धन सरकारले असंवैधानिक हर्कत नसच्याए संवाद र सहकार्य असम्भवः ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सम्बन्ध सुधार गर्ने प्रस्ताव अघि सारेका छन्।

संसद्मा भएको गतिरोध अन्त्य गरी सदनलाई अवरोध विना संचालन गर्न देउवाले सम्बन्ध सुधार प्रस्ताव अघि सारेका हुन्।

आज कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बालकोट पुगेर देउवाको प्रस्ताव ओलीलाई सुनाएका थिए, जुन प्रस्तावमा देउवाले ओलीसँग सम्बन्ध सुधार गर्न चाहना राखेको प्रष्ट देखिएको छ।

एमाले स्रोतका अनुसार देउवाको सन्देश सुनाउँदै कार्कीले बालकोटमा सरकार र प्रतिपक्षीबीच यस्तो तनावपूर्ण अवस्था रहिरहनु राम्रो नभएको र तपाईं हामी सम्बन्ध सुधार गरेर अघि बढौँ भनेका थिए।

त्यस्तै संसद् पनि लामो समयदेखि तनावको अवस्थामा रहेको तथा सरकार र प्रतिपक्षी मिलेर अघि बढ्दा देशमा पनि राम्रो सन्देश जाने देउवाको सन्देश थियो।

देउवाले कार्कीमार्फत ओलीलाई संसदमा रहेको गतिरोध फुकाइदिन पनि आग्रह गरेको स्रोतले बताएको छ।

तर, जवाफमा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश जारी र खारेजी दुवै कुरा गैरकानुनी र असंवैधानिक रहेको बताए।

उनले पाँच दलीय गठबन्धन सरकारले एकपछि अर्को असंवैधानिक हर्कत गरिरहेको बताउँदै त्यो कुरालाई सच्याउने प्रतिवद्धता नआएसम्म संवाद र सहकार्य सम्भव नरहेको जवाफ फर्काए।

एमालेले गएको भदौ २३ गतेबाट संसद्मा अवरोध जारी राखेको छ।
 

Logo