‘कांग्रेस विपत्तिमा सधैँ जनताकाे साथमा हुन्छ’: नेता बस्नेत

‘कांग्रेस विपत्तिमा सधैँ जनताकाे साथमा हुन्छ’: नेता बस्नेत

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन्। मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण गर्दै उनले यस्ताे बताएका हुन्। 

विष्णुविक्रम थापालगायतले मेलम्चीका १५० घरपरिवारलाई राहत वितरण गरे। बाढीले गर्दा पीडित बनेका मेलम्चीवासीलाई दशैँका लागि मासु, तेल, दाल, मसलालगायतका अतिआवश्यक सामग्री वितरण गरिएको हो। गत असारमा गएको बाढीले मेलम्चीवासीलाई ठूलो असर गरेको थियो। 

नजिकिँदै गरेको महान् चाड दशैँमा के खाने र के लगाउने भन्दै चिन्तामा रहेका बाढी प्रभावितका साथमा कांग्रेस रहेको बस्नेतले बताए। साथै रु एक करोड २० लाखमा हेलम्बुमा ३० घर बनाउनेसमेत घोषणा गरेको कांग्रेसका युवानेता युधिर पौडेलले बताए।

इन्द्रावती गाउँपालिकाद्वारा बाढी प्रभावित पाँचपोखरीलाई सहयोग

इन्द्रावती गाउँपालिकाले बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकालाई सहयोग गरेको छ। असार १ गतेको याङ्री, लार्के तथा इन्द्रावती नदीमा आएको बाढी तथा पहिराले गाउँपालिकाको विभिन्न बस्ती, सडक, खानेपानी, सिँचाइ, झोलुङ्गे पुललगायत मानवीय क्षतिसम्म पुगेको थियो। पालिकालाई इन्द्रावतीले रु तीन लाख सहयोग गरेको हो।

छिमेकी पालिकामा विपद् पर्दा थोरै भए पनि सहयोग गर्न पाएकामा इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले खुसी व्यक्त गरे। सहयोगप्रति पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टाँसी लामाले आभार व्यक्त गरे।रासस

Logo