जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने योजना अघि बढेको छः प्रचण्ड

जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने योजना अघि बढेको छः प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका क्रममा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने योजना अघि बढेको बताएका छन् ।

काठमाडौंस्थित पेरिसडाँडामा आयोजित सहिद प्रतिष्ठान नेपालको बाह्रौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन सरकारको पालमा उक्त योजना अघि बढेको बताएका हुन् । 

“जनयुद्ध र जनआन्दोलनका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने प्रक्रिया म पहिलो पटक प्रधानमन्त्री हुँदा मेरो पहिलो निर्णय नै त्यही थियो ।” सभालाई सम्बोधन गर्दै उनले भने “तर त्यतिबेला जालझेल कसले गर्याे त्यो अनुसन्धानको विषय छ । त्यो राजपत्रमा ननिकालिदिएको र त्यो निर्णयको प्रतिलिपि नै गायब पारिएको हुनाले त्यसलाई आधिकारिक भन्न सक्ने अवस्था छैन ।” 
अहिले गठबन्धन सरकारका पालामा यो प्रक्रिया अघि बढाइएको प्रचण्डले जिकिर गरे ।
 

Logo