एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा, अध्यक्ष ओलीले भोलि उद्घाटन गर्ने (भिडियाे)

एमालेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा, अध्यक्ष ओलीले भोलि उद्घाटन गर्ने (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

शुक्रबारबाट सुरु हुने एमालेको पहिलो विधान महाधिवेशनको सबै तयारी पुरा भएको नेकपा एमालेले जनाएको छ ।

बिहीबार एमाले विधान महाधिवेशन मूल व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी ललितपुरको गोदावरीमा आयोजना हुन लागेको विधान महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो । 

विधान महाधिवेशन भोलि शुक्रबार दिउँसो सवा १२ बजे अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यतालिका रहेको छ।

सम्मेलनमा देशभरबाट ६ हजार प्रतिनिधिले भाग लिने अनुमान गरिएको छ।

३ हजार क्षमताको सनराइज हलमा नहटेका प्रतिनिधिहरुलाई टेन्टमा राख्ने व्यवस्था आयोजकले गरेको छ। त्यसको पनि तयारी पुरा भएको मूल व्यवस्थापन समितिले जनाएको छ ।

उद्घाटन सत्रपछि ३ वटा प्रस्ताव हलमा पेश हुनेछ । प्रतिनिधिका १७ वटा समूह बनाएर ती प्रस्तावमाथि छलफल बताईएको छ।

समूहगत छलफलपछि आएका सुझावलाई समेटेर पार्टीको विधान पारित गर्दै महाअधिवेशन समापन हुने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरुलाई सातदोबाटोबाट बसले सम्मेलनस्थल पुर्याउने छ । 

भिडियाे हेर्न यहाँ क्लिक गर्नु हाेला

Logo