ठूला दल नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ: चित्रबहादुर केसी

ठूला दल नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ: चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठुला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने “व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।”

प्रगतिशील पत्रकार संघ बागलुङद्वारा शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै अध्यक्ष केसीले भने, “दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ ।”  दलहरू सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अवस्था आएको उनले बताए ।

अध्यक्ष केसीले भने, “संवैधानिक व्यवस्था अनुसार नै अहिलेको सरकार बनेको हो ।  सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।” अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उहाँले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए । 

Logo