माधव नेपाल नै हुन् एमाले विभाजनको मुख्य योजनाकारः ओली

माधव नेपाल नै हुन् एमाले विभाजनको मुख्य योजनाकारः ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन् । 

अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने माधव नेपालको योजनामा साथ नदिएर पार्टी एकताको पक्षमा उभिएको भन्दै उपाध्यक्ष भीम रावलसहितका नेताहरुले स्वागतयोग्य काम गरेको टिप्पणीसमेत गरे । 

पार्टीको जारी विधान अधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले पार्टीको एकतालाई जोगाउनका लागि माओवादी केन्द्र पृष्ठभूमि भएका रामबहादुर थापालगायतका नेताहरुले सकारात्मक योगदान पुर्याएको पनि स्पष्ट पारे ।

उनले नेकपा एमालेलाई विभाजन गराउन र माधव नेपालहरुलाई बैधता दिन अदालत, निर्वाचन आयोग र सभामुखको भूमिकासमेत सहयोगी भएको दावी समेत गरे । उनले त्यस्ता खालका गतिविधिको आफनो पार्टीले कानुनसम्मत ढंगले प्रतिवाद गर्ने चेतावनीसमेत दिए ।

अर्को प्रसंगमा ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गर्दै त्यसलाई फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको पनि स्पष्ट पारे ।

Logo