५ उपाध्यक्ष, ६ सचिव र २२५ सदस्यीय केन्द्रीय कमिटी राख्न प्रस्ताव, खारेजीमा पर्यो उपमहासचिव पद

५ उपाध्यक्ष, ६ सचिव र २२५ सदस्यीय केन्द्रीय कमिटी राख्न प्रस्ताव, खारेजीमा पर्यो उपमहासचिव पद

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको शुक्रबारदेखि सुरु भएको पहिलो विधान महाधिवेशनमा ५ जना उपाध्यक्ष र ६ जना सचिव राख्ने प्रस्ताव गरिएको छ। 

विधान महाधिवेशनका लागि वितरित दस्तावेजमा राष्ट्रिय महाधिवेशनको अधिकार र कर्तव्य शीर्षकमा राष्ट्रिय महाधिवेशन सञ्चालन गर्न अध्यक्षमण्डल र आवश्यक संयन्त्र गठन गर्ने प्रस्ताव गरिएको छ।

एमालेले केन्द्रीय कमिटीमा कम्तीमा एक तिहाइ महिलासहित विविधता प्रतिविम्बित हुने गरी समावेशीकरण गर्ने पनि प्रस्ताव गरेको छ।

विधान महाधिवेशनमा पेश गरिएको दस्तावेजअनुसार अब एमालेमा एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एकजना महासचिव, ६ जना सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै एमालेले नवौँ महाधिवेशनमा व्यवस्था गरेको उपमहासचिव पद भने खारेज गरेको छ। 

नवौँ महाधिवेशनबाट विष्णु पौडेल र घनश्याम भुसाल उपमहासचिवमा निर्वाचित भएका थिए।
एमालेको जारी विधान महाधिवेशन पार्टी इतिहासमै पहिलो पटक भएको हो।

प्रस्तावअनुसार दुई राष्ट्रिय महाधिवेशनको बीचमा एउटा विधान महाधिवेशन गरिने भएको छ।
 

 

Logo