कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा: वरिष्ठ नेता पौडेल

कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा: वरिष्ठ नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक लोकतन्त्र सुदृढ गराउने बाटोमा अघि बढेको बताएका छन् । कांग्रेसको आँबुखैरेनी गाउँ कार्यसमितिको पदस्थापन कार्यक्रममा सहभागी हुँदै उनले पार्टीले वडा स्तरदेखि नै लोकतान्त्रिक अभ्यास अवलम्बन गरिरहेको उल्लेख गरे । 

लोकतान्त्रिक प्रक्रियाको अवलम्बन कांग्रेस बाहेक अरू पार्टीले गर्न नसक्ने नेता पौडेलको भनाइ थियो । “लोकतान्त्रिक अभ्यास अवलम्बन गरेकै कारण कांग्रेसप्रति आकर्षण बढेको छ”, उनले भने । कांग्रेस लोकतन्त्रको पहरेदार भएको चर्चा गर्दै उनले लोकतन्त्रमाथि कसैले आघात पुर्‍याउन खोजे त्यसको प्रतिकार गर्ने बताए । 

“कांग्रेस लोकतन्त्रका लागि जन्मेको पार्टी हो, त्यसका सदैव लडिरहन्छ,” पौडेलले भने, “कांग्रेसभित्र भित्र पनि आन्तरिक लोकतन्त्रका लागि लडिरहेका छौँ ।” 

पार्टीसँगै समाजलाई लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागि परेको उनले स्पष्ट पारे । क्रियाशील सदस्यताबारे विवाद रहेका ठाउँमा समाधान गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर हुनुपर्ने पौडेलले बताएका छन् । नेताभन्दा पार्टी बलियो हुनुपर्ने उनले जिकिर गरेका छन् ।  

Logo