नेकपा एमाले पार्टी होइन, ओेली गुट होः महासचिव भुसाल

नेकपा एमाले पार्टी होइन, ओेली गुट होः महासचिव भुसाल

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले नेकपा एमालेको विधान महाधिवेशनमा वितरण गरिएको पानीखाने बोटलमा समेत एमाले अध्यक्ष केपी शर्मा ओेलीको फोटो टाँसिएको प्रति टिप्पणी गरेका छन् ।

महासचिव भुसालले बोटलमा पनि फोटो टाँस्नु कम्युनिस्ट मर्ममाथि प्रहार गरेको र सो कामले मार्क्सवादको समेत ठाडो उलंग्घन भएको बताएका छन् ।

नेकपा (एस) को भक्तपुर जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै उनले नेकपा एमाले पार्टी नभएर ओेली गुटमात्र भएको टिप्पणीसमेत गरेका छन् ।
 
उनले केपी ओेलीले पार्टी कार्यकर्ताको विचारलाई सम्वोधन नगरी एमालेले अंगिकार गरेको जबजको समेत धज्जी उडाउने काम गरेको बताउँदै ओेलीलाई देवत्वकरण गरिएकोमा समेत आपत्ति जनाए ।  
महासचिव भुसालले नीतिअनुसार नेता चल्नु पर्नेमा नेकपा एमालेमा नेतावादी नीति मौलाउँदै गएको चर्चा गर्दै एमाले ओेली रूचाउनेहरूको झुन्डमात्र भएको टिप्पणी गरे ।

अधिकांश समय ओलीले गरेका गल्तीहरुमा केन्द्रीत रहेका महासचिव भुसालले नेपालमा कम्युनिष्ट आन्दोलन जोगाउनका लागि केपी ओेली प्रवृत्तिको अन्त्यको आवश्यकता रहेका,े त्यसैको लागि बिद्रोह गरेको जानकारी दिए ।

भुसालले पार्टीको प्रशिक्षण शैलीमा सुधार गर्नुपर्ने जनाउँदै आफ्नो पार्टीले निकट समयमै पार्टी स्कुल सञ्चालन गर्ने जानकारी दिए । 

त्यस्तप्रतिनिधिसभा विघटन गरी जनताको सार्वभौमसत्तामाथि हमला गरेको उल्लेख गर्दै ओलीले सिद्धान्तलाई समेत व्यवहारमा नउतारेको भुसालले आरोप लगाए । 

Logo