एमालेको विधान महाधिवेशन आज सकिँदै

एमालेको विधान महाधिवेशन आज सकिँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको राष्ट्रिय विधान महाधिवेशन आज (आइतवार) सकिँदैछ।

राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै नेकपा एमालेले विधान महाधिवेशनको समापन गर्न लागेको हो। 

महाधिवेशनको अन्तिम दिन आज प्रतिवेदनमाथि पाँच समूहगत छलफलमा संकलित सुझावलाई टोली नेताले आफ्नो निष्कर्ष प्रस्तुत गरेपछि प्रतिवेदन प्रस्तुतकर्ताहरुले त्यसको जवाफ दिएसँगै विधान महाधिवेशनको समापन गरिनेछ। 

प्रतिनिधिहरुले १० समूहमा विभाजित भएर प्रतिवेदनमाथि छलफल गरेका थिए । त्यसमध्ये पाँच समूहले शनिवार समूहगत निष्कर्ष सुनाएका थिए। त्यसमध्ये बाँकी ५ समूहको निष्कर्ष सुनेपछि प्रतिवेदन प्रस्तुतकर्ताहरु पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र विष्णु पौडेलले त्यसको जवाफ दिने कार्यक्रम रहेको छ। 

Logo