एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुवै पद रहने

एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुवै पद रहने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राखिने भएको छ। समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेपछि विधान महाधिवेशनमा हटाउन प्रस्ताव गरिएको उक्त पद पुनः राखिने भएको हो।

गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन। तर, समूहगत छलफलमा सो पद राख्नै पर्ने माग उठेको थियो। 

समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद यथावत रहने बताए। 

अब एमालेमा १५ सदस्य पदाधिकारी रहने छ। जसमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने छन्।

Logo