एमालेमा तीन तह मात्रैः केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने, पोलिटब्युरो खारेज

एमालेमा तीन तह मात्रैः केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय रहने, पोलिटब्युरो खारेज

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पोलिटब्युरो कमिटी खारेज गरेको छ। पोलिटब्युरो खारेजीमा परेपछि अब एमालेको संरचना तत्कालीन नेकपाको जस्तै बनेको छ।

उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले समूहबाट आएका सुझावहरुको आइतवार जवाफ दिने क्रममा यस्तो जानकारी दिएका हुन्। 

तीन दिनदेखि जारी विधान महाधिवेशनका क्रममा आएका सुझावहरुका अनुसार एमालेले केन्द्रीय कमिटीमा तीनवटा मात्रै कमिटी राख्ने निर्णय लिएको हो। 

‘अब एमाले केन्द्रमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी हुनेछ। त्यसपछि स्थायी कमिटी र सचिवालय तीनवटा तह हुनेछन्’, पौडेलले भने, ‘पार्टी चलाउनै समस्या हुने भएकाले पोलिटब्युरोको आवश्यकता हुँदैन भनिएको हो। 

उनले जवाफ दिने क्रममा पार्टीलाई सहजरुपमा चलाउनका लागि यस्तो गरिएको बताए। पौडेलले नेताहरुलाई माथिल्लो तहसम्म पुग्ने बाटो खोल्न स्थायी कमिटीको आकार विस्तार गरेर ४५ सदस्यीय बनाइने बताए। 

Logo