फेरियो एमालेको आधिकारिक लोगो, अब सूर्यभित्र हँसिया हथौडा

फेरियो एमालेको आधिकारिक लोगो, अब सूर्यभित्र हँसिया हथौडा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले आफ्नो आधिकारिक लोगो फेरेको छ। ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो। 

उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान शुक्रबार संशोधन प्रस्ताव गर्दै लोगो परिवर्तन गर्ने प्रस्ताव अघि सारेका थिए।

आइतबार जवाफ दिने क्रममा एमालेको नयाँ लोगो पुनः बैठकमा प्रस्ताव गरेका हुन्। एमालेको अबको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हसियाँ हथौडा रहनेछ।

महाधिवेशनका प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित गरेका छन्।

Logo