व्यक्ति पूजा गरिएको प्रति ओलीको स्पष्टिकरणः ‘हामी व्यक्ति पूजामा विश्वास राख्दैनौं’

व्यक्ति पूजा गरिएको प्रति ओलीको स्पष्टिकरणः ‘हामी व्यक्ति पूजामा विश्वास राख्दैनौं’

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीलाई देवत्वकरण गरिएको भनेर चर्को आलोचना भैरहेका बेला अध्यक्ष ओलीले स्पष्टिकरण दिएका छन्।

संचारमाध्यमहरूमा चर्को आलोचना खेपेका उनले विधान महाधिवेशनको बन्दसत्रमा स्पष्टिकरण दिएका हुन्। अध्यक्ष ओलीले यसबेला एमालेविरुद्ध चौतर्फि हमला भएको प्रसंगबाट उक्त आरोपको स्पष्टिकरण दिएका हुन्।

उनले भने,‘यतिबेला हामीविरुद्ध चौतर्फि हमला भएको छ। हाम्रो विचार र संगठनमाथि हमला भएको छ। उनी नेकपा एमालेको विधान महाधिवेशनमा व्यानर देखिए अरे, झण्डा देखिए अरे, अलि तामझाम देखिए अरे, नेतृत्वको समर्थनमा प्रतिनिधि बोले अरे, अनि छाति पिट्छन् विरोधीहरु।’

उनले एमालेविरुद्धको यो हमलाको विभिन्न रुप भएको आरोप लगाएका छन्। त्यस्तै ओलीले एमालेले व्यक्ति पूजा नगर्ने जिकिर गरे। उनले भने,‘हामी व्यक्ति पुजक होइनौं, मुक्ति पुजक होइनौं हामी धमान्दत्वमा विश्वास गर्दैनौं।

हामी त कमिटी प्रणालीमा विश्वास गर्छौं, सामुहिक नेतृत्वमा विश्वास गर्छौं, छलफलबाट निष्कर्ष निकाल्ने कुरामा विश्वास गर्छौं, हामी अध्ययनका साथ छलफलमा जुट्छौं, हामीले प्राप्त गरेका उपलब्धिहरुलाई व्यवहारमा उतार्न लाग्छौं र त्यसमा विश्वास गर्छौं।’

विधान महाधिवेशनमा ओलीको बढेमानको डमि, पानीमा ओलीको तस्विर र भित्तामा अग्रज नेताको तस्विर नराखिएको भन्दै चर्को आलोचना भएको थियो।

Logo