कात्तिकमै प्रचण्ड–माधवले पार्टी फुटाउन खोजेका थिएः ओली

कात्तिकमै प्रचण्ड–माधवले पार्टी फुटाउन खोजेका थिएः ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत चैतमा महाधिवेशन गर्ने र नयाँ नेतृत्व हस्तान्तरण गर्ने भनिएकोमा प्रचण्ड–माधव समूहले कात्तिकमै आफूलाई हटाउने षडयन्त्रस्वरूप पार्टी विभाजन गरेको आरोप लगाएका छन्।

विधान महाधिवेशनको समापन समारोहमा आफूले पेस गरेको राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओलीले प्रचण्ड–माधवले पार्टी एकीकरणको बाटो छाडेर सत्ता गुटबन्दीमार्फत पार्टी ध्वस्त पार्न खोजेपछि आफूले जोगाएको बताए।

ओलीले भने, ‘चैतमा महाधिवेशन गर्ने भनेको कात्तिकको अन्तिममा गएर अध्यक्ष र प्रधानमन्त्रीलाई हटाउन १३ पन्ने आरोपपत्र पेश गरियो। एकीकरणको बाटो छाडेर पार्टी ध्वस्त बनाउन खोजिएपछि पार्टी जोगाउन हामीले जे गर्यौं त्यो सही थियो। त्यो विकट स्थितिमा पार्टीलाई जोगाउन देशभरका कार्यकर्ता जो जो उभिनुभयो तपाईंहरूलाई धन्यवाद छ। यो पार्टी सग्लो रहनुको मुख्य हकदार तपाईंहरू हो।

त्यस्तै ओलीले आफूलाई रानोको संज्ञा दिएका छन्।

उनले भने,‘ हामी सबै नेता यहाँ छौं, तर हामीमा एकतावद्ध हुनुपर्छ, त्यसमध्ये पनि मलाई अहिले नेता मानिदिनु भएको छ। एक इन्च मेरो नेतृत्वमा पार्टीलाई घात हुने काम गर्नेछैन्। तर, हामीसबैलाई एक रानोले सम्हाल्नु पर्छ, आफूआफू बुरुक बुरुक गर्नु हुँदैन, जुन दिन रानो हुँदैन, माहुरीको गोलो समाप्त हुन्छ।’

त्यस्तै ओलीले विरोधीहरू दुई कुराले चिन्तत रहेको बताएका छन्। 

ओलीले भने,‘विरोधीहरू दुई कुराले चिन्तित रहेका छन्, एक म बाचिँरहेकाले, अर्को चाहिँ जनता कार्यकर्ताले असाध्यै माया गर्छन्। त्यसकारण चिन्तत् छन्। बाँचेकैमा चिन्तत् छन् त म के गरौं।’

त्यस्तै ओलीले आफ्नै कार्यकालमा नेकपा एमालेलाई बहुमतमा पुर्याउन र सुदृढ अवस्थामा पुर्याएर छोड्ने बताए।

Logo