पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छुः ओली

पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्छुः ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताएका छन्।

पार्टीको विधान महाधिवेशन आइतबार सम्बोधन गर्दै ओलीले बहुमतमा पुर्याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने जिकिर गरे।

उनले पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताए। त्यस्तै अध्यक्ष ओलीले ५१ प्रतिशत नेपाली जनता एमाले पार्टीको पक्षमा रहेको बताएका छन्।

ओलीले आगामी चुनावमा पनि एमालेले नै जित्ने दाबी गरे। उनले आफ्नो दोस्रो कार्यकालमा कैयौँ विकासका काम गरेको पनि बताए। 

सडक मानव व्यवस्थापनदेखि मेलम्चीको पानी काठमाडौं ल्याएको तथा कयौँ ठूला विकासका काम गरेको पनि उनले जिकिर गरे। ‘५१ प्रतिशत नेपाली एमालेको पक्षमा छन्’, उनले भने, ‘हाम्रो पालाका सरकारको विकासमुखी सोचहरुले नै यो सम्भव भएको हो।’ 

ओलीले एमाले अब लगातार जित्ने दाबी गरे। ‘हामीले हिजो पनि जितेका हौँ, आज पनि जित्छौँ, भोलि पनि जित्दैछौँ, हामी जित्दैछौँ’, उनले भने, ‘देश अब बन्न सकेन भने हामीले जिम्मा लिनुपर्छ, अरुलाई दोष दिँदैनौँ।’

उनले सानातिना धक्काले आफूहरु नरोकिने बताए। ‘सानातिना धक्का र हावाका झोक्काहरुले हाम्रो विजय यात्रालाई प्रतिकूल प्रभाव पार्न सक्दैन’, उनले भने, ‘यतिबेला हामीमाथि चौतर्फी हमला भइरहेको छ। वैचारिक र अन्य हमला पनि भइरहेका छन्। विचार र संगठनमाथि पनि हमला भइरहेका छन्।’

Logo