बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीशको इजलासमा

केन्द्रबिन्दु
0
Shares

ललिता निवासमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको छ।

अग्राधिकार प्राप्त रिटको सुनुवाइ उक्त मुद्दा जबरा र सुवेदीको एक नम्बर इजलासमा तोकिएको छ। उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्रीलाई उन्मुक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि आज सुनुवाइ हुन लागेको हो।

न्यौपानेले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई समेत भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै  अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं, महान्यायाधिवक्ता तथा महान्यायाधिवक्ताको कार्यालय, काठमाडौं समेतलाई विपक्षी बनाइ रिट दर्ता गराएका थिए। 

न्यौपानेले दायर गरेको उक्त रिटमाथिको सुनुवाइ पटक पटक पेसी चढ्दै आएको भए पनि अन्तरिम आदेश भने आएको छैन।

Logo