नेपाली कांग्रेसः सभापतिका दाबेदारहरूको छैटौँ पटक भेटवार्ता

नेपाली कांग्रेसः सभापतिका दाबेदारहरूको छैटौँ पटक भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको आसन्न चौधौँ महाधिवेशनमा सभापतिको दाबेदारी गर्दै आएका तीन नेताहरुबीच छैटौँ पटक भेटवार्ता भएको छ। कांग्रेस महाधिवेशनकै विषयमा छलफलका लागि यस अघि उनीहरू बीच पाँच पटक भेटवार्ता भइसकेको छ।

कांग्रेस सभापतिमा दाबी गरिरहेका शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि बीच सोमबार   निधि निवासमा भेटवार्ता भएको हो।  छलफलमा नेताहरुबीच  महाधिवेशनको रणनीति र समसामयिक राजनीतिका विषयमा छलफल भएको बताइएको छ।

तीनै जना नेताहरूले नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा लड्ने तयारीमा रहेका छन्।

Logo