कांग्रेस महामन्त्री खड्का भन्छन्, ‘कोरोनाकाे मुख्य औषधि विरामी स्वयंको दृढ आत्मबल रहेछ’

कांग्रेस महामन्त्री खड्का भन्छन्, ‘कोरोनाकाे मुख्य औषधि विरामी स्वयंको दृढ आत्मबल रहेछ’

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई रेम्डिसिभिर औषधि चलाएर उपचार अघि बढाइएको छ। कोरोना संक्रमण भएपछि बलम्बुस्थित एपीएफ अस्पतालमा उपचाररत खड्कामा निमोनिया पनि देखिएपछि रेम्डिसिभिर औषधि चलाएर उपचार अघि बढाइएको हो।

खड्का आफैँले शुभचिन्तकहरूलाई ‘सीटीस्क्यानमा निमोनिया देखिएको र डाक्टरले रेम्डिसिभिर औषधि चलाएको’ जानकारी दिएका छन्। उनका अनुसार अक्सिजन लेभल (ब्लड स्याचुरेसन) भने ९७ प्रतिशत छ। खड्काले आफ्नो स्वास्थ्यमा कठिनाइ भने नदेखिएको जानकारी दिएका छन्। 

उनलाई निमोनियाका कारण औषधि चलाइएको हो। खड्काले आफ्नो स्वास्थ्यबारे धेरैमा चासो देखिएको भन्दै ट्विटमार्फत पनि यसकाे जानकारी गराएका हुन्।

उनले केही दिन अघि ट्वीटरमा लेखेका छन्,  ‘होम आइसोलेसनमा सामान्य अवस्थामा बसिरहेको अवस्थामा कोभिड संक्रमणले भेटेको पाँचौँ दिनमा बिहान होमियोपेथी र एलोपेथी औषधि एकैपटक खाँदा रियाक्सन हुन गई अक्सिजन लेभल ९७ भए पनि पल्सरेट ५१ मा झर्न गई ब्लडप्रेसर ८०/६० देखि २२०/११० सम्म हुन गएकोले करिब सात मिनेट गम्भीर अवस्थामा र करिब दुई घण्टा निरन्तर असहज भएपछि डाक्टरको परामर्शमा २०५६ सालको सशस्त्र द्वन्द्वको बेला आफ्नै हातको हस्ताक्षरले पुजनीय किसनजी प्रधानमन्त्री र म गृहमन्त्रीको रूपमा मन्त्रिपरिषदमा प्रस्ताव लगी स्थापना गरेको एपीएफ कोरोना अस्पताल के कारणले हो महामारीको उपचारको रोजाइमा पर्यो,’ 

उनले भनेका छन्, ‘आज गलत सन्देश प्रवाह हुन नपाओस् भनेर अप्ठेरो नमानीकन आफैँले आदरणीय अग्रज, शुभचिन्तकहरू र समस्त परिवारजनको जानकारीका लागि पाँचौँ दिन २ बजेको एपीएफ आईसीयूको रिपोर्ट, चेस्ट एक्सरे रिपोर्ट = ० (जेरो) लेभल इन्फेक्सन, प्रेसर १२०/८३, अक्सिजन लेभल ९८/९७/९६ ज्वरो = ९८. मुटु = ईको, ईसीजी सामान्य । तथापि, डा. रोशन झाजी र उहाँको टिमको सुझावअनुसार अब्जरभेसनको लागि एपीएफ कोरोना अस्पतालमा एडमिसन।”

महामन्त्री खड्काले ‘आफ्नो जीवनको करिब दुई घण्टा ७ मिनेटको गम्भीर स्वास्थ्य अवस्थाको अनुभव पनि सुनाएका छन् ।  उनले भने, ‘आफ्नो जीवनको करिब दुई घण्टा ७ मिनेटको गम्भीर स्वास्थ्य अवस्थाको अनुभवले भन्यो– कोरोनासँग लड्ने भनेको डाक्टरको नियमित परामर्श र मूलतः स्वयंको दृढ आत्मबल मुख्य औषधि रहेछ।’

खड्काको स्वास्थ्य अवस्था सुधारोन्मुखः अस्पताल

यसैबीच सशस्त्र प्रहरी बल अस्पतालले कांग्रेसका महामन्त्री एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर र सुधारोन्मुख रहेको जनाएको छ।

अस्पतालले साेमबार एक विज्ञप्ति जारी गरी उनी असोज १२ गतेदेखि बलम्बुमा भर्ना भई कोभिड–१९ र निमोनियाका लागि उपचाररत रहेका जनाएको हाे। अस्पतालले उनको पछिल्लो स्वास्थ्य अवस्था र परीक्षणको रिपोर्ट बारेमा अवगत गराएको छ। 

खड्का २ सातादेखि काेराेनाकाे उपचारमा छन्।

Logo