प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक, यस्ता छन् एजेन्डा

प्रधानन्यायाधीशले बोलाए न्यायाधीशहरुको पूर्ण बैठक, यस्ता छन् एजेन्डा

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बोलाएका छन् ।

बैठक मंगलबार दिउँसो १ बजे बस्ने सर्वोच्च अदालतका सूचना अधिकारी किशोर पौडेलले जानकारी दिए  । बैठकमा दसैँ बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेन्डामाथि छलफल भएको बताइएको छ ।

दसैँका लागि घटस्थापनाबाट बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने गरिएको छ ।

Logo