एमालेद्वारा आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध, एउटा प्रतिवेदन टेवुल गरि बैठक अन्त्य

एमालेद्वारा आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध, एउटा प्रतिवेदन टेवुल गरि बैठक अन्त्य

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठक पनि अवरुद्ध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भको जानकारी सांसदहरूलाई दिन नपाउँदै एमालेले वेल घेराउ गरेको थियो। 

एमालेले विरोधका क्रममा ‘कालोधन हामीलाई चाहिँदैन’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय सर्वोच्चता कायम गर’ लगायतका नारा लगाएका थिए।

तथापि विरोधकाबीच सभामुखले आज सरकारलाई राष्ट्रिय दलित आयोगको बार्षिक प्रतिवेदन २०७६–७७ पेश गर्न समय दिए।

सरकारका तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रतिवेदन संसद् समक्ष पेश गरे। लगत्तै सभामुखले अर्को बैठक असोज २२ शुक्रबार दिनको २ बजे बस्ने गरि स्थगित गरेका छन्।

एमालेले गएको २३ भदौदेखि संसदमा अवरोध सृजना गर्दै आएको छ। यसअघि एमालेले १३ वटा बैठक अवरुद्ध गरिसकेको छ।

Logo