गठबन्धनका नेताबीच मन्त्रालयको भागबण्डा मिल्यो, यही हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने

गठबन्धनका नेताबीच मन्त्रालयको भागबण्डा मिल्यो, यही हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने

केन्द्रबिन्दु
0
Shares

पाँच दलीय सत्ता गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि दलीय भागबण्डा टुंग्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालयको भागबण्डा मिलाएको हो।

दलीय भागबण्डाका आधारमा नेपाली कांग्रेसले प्रधानमन्त्रीसहित ६ मन्त्री, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले समान पाँच–पाँच मन्त्रालय तथा एक–एक राज्यमन्त्री पाउने सहमति भएको छ।

सो कुराको पुष्टि प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले गरे। उनले सत्ता साझेदार दलहरूका बीचमा मन्त्रालयको भागबण्डा टुंगिएको जानकारी केन्द्रबिन्दुलाई दिए।

उनले भने,‘मन्त्रालयको भागबण्डा मिल्यो। मन्त्रालयमा सहमति जुटेपछि शीर्ष नेताहरु उठ्नुभयो,अब यो हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुन्छ।’

अहिले सरकारमा प्रधानमन्त्रीसहित ७ मन्त्री छन्। जसमा कांग्रेसका तर्फबाट ५, माओवादी केन्द्रबाट २ रहेका छन्।

Logo