नेताको दशैंः कुन नेताले दशैंमा के गर्दैछन् ? (भिडियोसहित)

नेताको दशैंः कुन नेताले दशैंमा के गर्दैछन् ? (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपालीहरुको महान चाड दशैं तिहार घरआँगनमा आइसकेको छ। काम र अध्ययनको सिलसिलामा देश विदेश गएका आम नागरिकहरु पनि आ–आफ्ना घर फर्किने क्रम सुरु भएको छ।

कर्मचारी, प्रशासक, निजामती कर्मचारी लगायतका सरकारी तथा निजि क्षेत्रमा कार्यरत कर्मचारीहरु विदाको चाँजोपाँजो मिलाएर दशैं मान्न घरतिर जान थालेका छन्। दशैं मुखैमा आएपछि उपत्यका छाड्नेहरूको भीड पनि बढेको छ।

अहिले दशैंतिहारको माहोल शहरबाट गाउँघरतिर बाक्लिदै गएको छ। आपसी भाइचारा, भातृत्व, विकास, हर्ष, उल्लास र एक अर्काको सुखदुःख साटासाट गर्ने चार्डको रुपमा दशैं र तिहारलाई लिइन्छ।

वर्षभरीको राजनीतिक दौडधुपले थकित भएका उच्च तहका नेताहरु दशैं तिहारको विदालाई परिवार, आफन्त, नातेदारसँग भेटघाट रमाइलो माहोलकोरुपमा सदुपयोग गर्दै आएका छन्।

दशैंको आगमनसँगै संसदको अधिवेशन समाप्तपछि नेताहरु विस्तारै ‘रि फ्रेस मोड’मा देखिन्थे। कोही दशैंको मुखैमा मन्त्री बन्दा अझै उत्साहित छन्। तर, प्रतिपक्षी दल नेकपा एमाले संसदहरु भने निरिह बनेरै दशैं विदा मान्न घर फर्किएको छ। १४ सांसद माथिको कारवाही सदर गरिनुपर्छ भन्दै एमालेले आजसम्म पनि माग गरिरहेको छ।

ती सबै घटनालाई थाति राखेर दशैंको विदामा कुन–कुन नेताले के गर्दैछन्? यसबारे हामी चर्चा गर्दैछौं। हेरौं यो भिडियोमाः

 

Logo