पूर्व राजदूत रेको ‘काठमाण्डू डिलेमा’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार (भिडियोसहित)

पूर्व राजदूत रेको ‘काठमाण्डू डिलेमा’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद् नेपालको पत्रकार सम्मेलनमा खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा ः रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका हुन् । उनले रञ्जित रेको पुस्तकमा नेपाललाई भुटान बनाउने उद्धृत गरिएको भन्दै यसको शान्तिपूर्ण विरोध गर्नुपर्ने बताए । उनले काठमाडौं दुबिधामा छ भन्ने शीर्षक राखेर पुस्तक प्रकाशन गर्दा समेत सरकार मौन रहेको भन्दै खेद प्रकट गरे । उनले यसको सबै दोष राजनीतिक दलका नेतृत्व वर्गलाई जाने भन्दै नेताहरू नै भारतसँग लम्पसार बाधमा गएको आरोप समेत लगाएका छन् । पूर्व डिआइजी खरेलले किताबमा मात्रै नभएर भारतले देशका विभिन्न सीमामा पनि नेपालको राष्ट्रियतामाथि प्रहार गरेको बताउँदै पुस्तकमा नारायणकाजी श्रेष्ठ र विमलेन्द्र निधीको द्वेध चरित्र यथार्थ भएको टिप्पणी गरे । 

कार्यक्रममा नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्नेतले नेपाललाई भुटान बनाउनुपर्छ भन्ने कुरा पुस्तकमा लेखिएको भन्दै नेपालीहरूले पुस्तक जलाउनुपर्ने बताए । उनले नेपालका लागि यो भन्दा ठूलो अपमान अरु नहुने भन्दै उनले नेपालीहरू अब बीर गोर्खाली भएर जाग्नुपर्ने बेला आएको बताए। उनले नेपाललाई भुटान बनाएर भारतको अधीनमा राख्ने कुरा रञ्जित रे र भारतीयहरूको दिवा सपना भएको उल्लेख गर्दै उनले सरकारमा सहभागी र नेपालको मूलधारमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले किताबको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु नेपालको अपमान भएको बताएका छन् ।

सहायक रथी बस्नेतले नेपाललाई भुटान बनाउने कुरा लेखिएको बताएका छन् । उनले उक्त पुस्तक पठन योग्य नभएको र सबै नेपालीहरूले जलाउनुपर्ने बताएका छन् । जसले भुटान बनाएर आफ्नो अधीनमा राख्न खोज्नु भन्दा ठूलो अपमान नेपालका लागि अरू केही हुन नसक्ने बताएका छन् ।

पूर्व सहायक रथी बस्नेतले प्रधानमन्त्री शेरबहादुर देउवाले पटक पटक एमसीसी पास हुन्छ भने पनि यो सार्वजनिक विषय भएको भन्दै यसरी राष्ट्रघात गरेर बोल्नेहरूलाई राजद्रोहीको मुद्दा लगाउनुपर्ने बताए उनले देशमा न्याय मर्न नदिन अब फेरि मन र मुटुमा बीर गोर्खाली बन्नुपर्ने बेला भएको बताए । 

Logo