एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनु पर्छः भीम रावल (भिडियाेसहित)

एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनु पर्छः भीम रावल (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) का नेता भीम रावलले एससीसीको विरोधमा सशक्त ढंगले आवाज उठाउनु पर्ने बताएका छन्।

एमाले नेता रावलले एमसीसी संसदबाट पारित भए मुलुकमा समानान्तर सरकार बन्ने खतरा रहेको औंल्याउँदै त्यसलाई रोक्न सबैले आवाज उठाउनुपर्ने तर्क गरेका हुन् । शनिबार काठमाडौंमा आयोजित ‘अमेरिकी लोकतन्त्रको यथार्थ र एमसीसी’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका उनले एमसीसी संशोधन विना नै संसदबाट पारित गरिए त्यसले मुलुकलाई शक्ति राष्ट्रहरुको द्वन्द्व र संघर्षमा परिणत गर्ने चेतावनीसमेत दिए। 

नेता रावलले कुनै पनि देशभक्त नेपालीले त्यो सम्झौंता मान्न नसक्ने अडान पनि दोहोर्याए । उनले एमसीसी सम्झौंता संशोधन गरेर भने अघि बढाउन आफू पनि सहमत रहेको बताए। नेपालकै कतिपय नेताहरुले सो सम्झौता संशोधन विना नै अघि बढाउनु पर्छ भनेको देखेर आफूलाई आश्चर्य लागेको नेता रावलको भनाइ छ ।

नेता रावलले मुलुकको सार्वभौमिकतामाथि आँच आउने खालका कुनै पनि सम्झौंता नेपालका लागि स्वीकार्य हुनै नसक्ने बताए। 

नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले एमसीसी पारित गर्ने काम गरियो भने मुलुक गम्भिर दुश्चक्रमा फस्ने चेतावनी दिए। उनले एमसीसी सम्झौंताबारे नेपाल सरकारले अमेरिकी सरकारलाई पठाएको पत्राचार सार्वजनिक हुनुपर्ने मागसमेत गरे। एमसीसी यथास्थितिमा संसदबाट पारित गराए त्यसको शिकार नेपालका नेताहरु आफैं हुने बास्तोलाको बुझाई छ। नेता बास्तोलाले अमेरिकाले डेमोक्रेसीको नाममा नेपालमार्फत् भारतलाई पनि नियन्त्रणमा लिने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए। 

पूर्वराजदूत लिलामणि पौडेलले एमसीसी राष्ट्र हितमा नरहेकाले त्यसलाई अगाडि बढाउन नसकिने स्पष्ट पारे । उनले अन्य मुलुकको सर्त लागू हुने गरी राखिएको सर्त, सुरक्षासँग सम्बन्धित खतरानाक सर्तहरु एमसीसीमा रहेकाले त्यसलाई स्वीकार गर्दा मुलुक अन्य मुलुकको बन्दी बन्नुपर्ने अवस्था आउने खतरा पनि औंल्याए। नेपाल सरकारका पूर्वमुख्यसचिव समेत रहेका पौडेलले मुद्धा मामला झेल्नुपर्ने डरले सो सम्झौता संसदबाटै पारित गराउन चाहेको दावी पनि गरे।

पूर्वराजदूत पौडेलले नेपालको हित प्रतिकूल हुने खालका सम्झौताहरु हटाइए एमसीसी मानेर अघि बढ्न नेपाल तयार रहेको पनि बताए।

Logo