गठबन्धनको सरकार कसैको विरुद्धमा बनाइएको होइन: देउवा (भिडियाेसहित)

गठबन्धनको सरकार कसैको विरुद्धमा बनाइएको होइन: देउवा (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको बताएका छन्।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रमा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन्। मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक भएको देउवाले बताएका थिए।

उनले प्रचण्डको अगुवाईमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको बताएका थिए। 'मुलुकलाई शान्ति प्रक्रियामा लैजानु पर्छ। संविधानसभामा जानुपर्छ भनेर प्रचण्डजीले नै अगुवाई गर्नु भएको हो,' उनले भने।

 

Logo