‘स्थानीय तहको निर्वाचन सारिए संविधान समाप्त गर्नेलाई बाटो खुल्छ’ (भिडियाे)

‘स्थानीय तहको निर्वाचन सारिए संविधान समाप्त गर्नेलाई बाटो खुल्छ’ (भिडियाे)

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरिए संविधान नै समाप्त गर्नेलाई बाटो खुल्ने बताएका छन्।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताए। उनले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः डेमोक्रेटिक सिष्टम नै नरहने अवस्था आउने पनि बताए । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचनलाई सार्ने काम गरे अहिलेको संविधान नचाहेका शक्तिहरुलाई बल पुग्नेतर्फ पनि सचेत गराए। 

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सूचारु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने मागसमेत गरे । उनले सो आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गरे । उनले अदालतमा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचनासमेत गरे। 

पूर्वप्रधानन्यायाधीश पराजुलीले जनताद्वारा अनुमोदित हुने डेमोक्रेटिक प्रणाली अवलम्वन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने पटकपटक दोहोर्याए। 

 

Logo