एमसीसी चीनविरुद्ध छैन : डा.रामशरण महत (भिडियाेसहित)

एमसीसी चीनविरुद्ध छैन : डा.रामशरण महत (भिडियाेसहित)

केन्द्रबिन्दु
0
Shares

पूर्वअर्थमन्त्री तथा कांग्रेस नेता डा.रामशरण महतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चीनविरुद्ध नरहेको बताएका छन् । 

नयाँबानेश्वरस्थित संसदमा भवनमा मंगलबार बसेको संसदीय दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले (एमसीसी) चीनविरुद्ध नरहेको बताएका हुन् । ‘एमसीसी चीनविरुद्ध रहेको हल्ला फिँजाइएको छ,’ उनले भने, ‘यो चीनविरुद्ध छैन ।’ 

चीनको बीआरआईविरुद्ध र इन्डोप्यासिफिक रणनीतिअनुसार पनि (एमसीसी) नरहेको भन्दै नेता महतले (एमसीसी) नेपालकै हितमा रहेकाले यसलाई पारित गर्नुपर्नेमा जोड दिए । 

फागुनभित्र (एमसीसी) पारित नगरे देशले ठूलो आर्थिक नोक्सान व्यहोर्ने बताएका उनले एमसीसी नेपालकै कानुनअनुसार चल्ने पनि दाबी गरे । 

(एमसीसी) लागु भएमा नेपालमा अमेरिकी सेना आउने हल्ला निराधार र भ्रममात्र रहेको उनको भनाइ छ । 

Logo