युवामा अपेक्षा गर्ने तर मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छ : अध्यक्ष ओली (फाेटाेफिचर)

युवामा अपेक्षा गर्ने तर मिहेनत नगर्ने बानी भए त्याग्नु पर्छ : अध्यक्ष ओली (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूमा रहेको देशभक्ति सुशासनको आकांक्षा, सामाजिक सदभाव, राष्ट्रिय एकता, समृद्ध नेपाल सुखी नेपाल परिकल्पना पुरा गर्ने अठोटबाट अत्यन्त खुसी लागेको बताएका छन्। 

ललितपुरको गोदावरीमा आयोजित ‘युवासँग म’ कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले युवामा कुरा गर्ने काम नगर्ने, अपेक्षा गर्ने मिहेनत नगर्ने बानी भए हटाउनु पर्ने बताए । राष्ट्रिय युवा संघले आयाेजना गरेकाे कार्यक्रममा ओलीले यस्ताे बताएका हुन् ।

उनले भने, ‘नेपाल अर्थात हामी बसेको भूभागबाटै शैव सभ्यता सुरु भएको थियो। गीत, संगीत, कला, नृत्य यहीबाट सुरु भएको थियो। नेपाल अहिले मात्रै विकास नभएको हो। नेपाल कहिल्यै विकास नभएको होइन। हामीले त्यो विकासलाई निरन्तरता दिनमात्रै नसकेको हो। विभिन्न दर्शन र योगको सुरुवात यही भूमिबाट यही भएको हो। औषधि उत्पादन, खगोलशास्त्रीय अध्ययन अनुसन्धान, ज्ञान विज्ञानको अध्यन यहीबाट सुरु भएको हो। यसकारण त यस भूमिलाई ज्ञान भूमि, ध्यानभूमि, आविश्कार भूमिका रुपमा हाम्रा पूर्खाले अगाडि बढाएका थिए। यो भूभाग र यहाँका मानिस आदिविद्धान थिए । तिनै पूर्खाको जिन हामीसँग छ।’ 

यसकारण हामी हाम्रो देशलाई सहजै विकसित गराउन सक्ने उनले बताए। 

Logo