प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एक नेताका अनुसार संसदीय छानविन समिति ६ सदस्यीय हुने बताइएको छ ।
एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो । समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुंगो लागिनसकेको बताइएको छ ।
बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन नेकपा माओवादी केन्द्र तयार भएको छ । आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कुरा राखेपछि छानविन समिति गठन गर्न माओवादी केन्द्र तयार भएको हो ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ ।
प्रतिक्रिया